काठमाडाैं । कृषि विकास बैंक लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी (साम्बा)लाई उपचारका लागि १० लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।
फुटबल खेल्ने क्रममा घुँडामा लागेको चोटका कारण आवश्यक जटिल शल्यक्रिया तथा पुनःस्थापनाका लागि साम्बाले सार्वजनिक रूपमा सहयोगको अपिल गरेपछि बैंकले मंगलबार उक्त रकम हस्तान्तरण गरेको हो ।
बैंकका अनुसार ब्रान्ड एम्बासेडरसमेत रहेकी साम्बाको उपचार र पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले आर्थिक सहयोग गरिएको हो ।




















प्रतिक्रिया