काठमाडौं । आज सेयर बजार बढेको छ । नेप्से परिसूचक १०.३० अंकले बढेर २,६४८ को विन्दुमा कायम भएको छ ।
आज १५७ कम्पनीको सेयर मूल्य बढेको छ भने ९० कम्पनीको मूल्य घटेको छ ।
आज ४ अर्ब ४५ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै आँखु खोला जलविद्युतको सेयर कारोबार भएको छ । यस कम्पनीको २८ करोड ६९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै सालपा विकास बैंक र रिलायन्स स्पीनिङ मिल्सका लगानीकर्ताले कमाएका छन् । यस कम्पनकिा लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै हिमालयन पावर पाटर्नरका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ५.९८ प्रतिशतका दरले गुमाएका हुन् ।




















प्रतिक्रिया