Logo

अर्थ

साम्बाको उपचारका लागि रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको दुई लाख सहयोग



काठमाडौं । नेपालको राष्ट्रिय महिला फुटबल टोलीकी प्रमुख खेलाडी सावित्रा भण्डारी (साम्बा)को उपचारका लागि रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले दुई लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।

कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व (CSR)कार्यक्रमअन्तर्गत उक्त सहयोग उपलब्ध गराएको जनाएको छ।

गम्भीर घुँडाको चोटका कारण शल्यक्रिया तथा दीर्घकालीन उपचार आवश्यक परेपछि साम्बाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै कम्पनीले मानवीय संवेदना र सामाजिक दायित्वप्रतिको प्रतिबद्धता स्वरूप सहयोग हस्तान्तरण गरेको हो।

सावित्रा भण्डारीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै नेपाली महिला फुटबललाई नयाँ उचाइमा पुर्‍याएकी छन्। महिला खेलकुदको पहिचान स्थापित गर्न उनको योगदान उल्लेखनीय मानिन्छ। यस्तो चुनौतीपूर्ण अवस्थामा उनीप्रति ऐक्यबद्धता जनाउँदै सहयोग गर्नु आफ्नो कर्तव्य भएको कम्पनीले जनाएको छ।

रिलायबल नेपाल लाइफले सामाजिक, मानवीय तथा खेलकुद प्रवर्द्धनसम्बन्धी गतिविधिमा निरन्तर सक्रिय भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि राष्ट्रहित र समाजमुखी कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता दोहोर्‍याएको छ।

प्रकाशित मिति : १३ फाल्गुन २०८२, बुधबार १५:४२   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।