Logo

अर्थ

ग्यालेक्सी अनप्याक्ड २०२६ को विश्वव्यापी सार्वजनिकीकरण हुँदै



काठमाडाैं । सामसङले आफ्नो मोबाइल प्रविधिको विकासमा नयाँ आयाम थप्दै ‘ग्यालेक्सी अनप्याक्ड’ कार्यक्रमको अर्को संस्करण सार्वजनिक गर्ने तयारी गरेको छ।

विश्वभर निकै चासोका साथ पर्खिएको यो विशेष कार्यक्रम आगामी २५ फेब्रुअरी २०२६ मा राति ११:४५ बजे विश्वव्यापी रूपमा सीधा प्रसारणमार्फत सार्वजनिक गरिनेछ। यस कार्यक्रमले सामसङको नवप्रवर्तनको यात्रालाई अझ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ।

यस पटकको कार्यक्रममा मोबाइल प्रविधिका पछिल्ला र अत्याधुनिक विकासहरू प्रदर्शन गरिनेछन्। विशेषगरी प्रयोगकर्ताहरूको दैनिक जीवनलाई अझ सरल र सहज बनाउनका लागि डिजाइन गरिएका कृत्रिम बौद्धिकता (एआई) युक्त सुविधाहरू यसका मुख्य आकर्षण हुनेछन्। कम्पनीले यसपटक बुद्धिमानी प्रविधिमार्फत नयाँ युगको अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ।

ग्यालेक्सी अनप्याक्ड कार्यक्रम सधैँ नै नयाँ आविष्कारहरूको मुख्य मञ्चका रूपमा परिचित रहिआएको छ। यस वर्ष पनि कम्पनीले अत्याधुनिक बनावट, शक्तिशाली कार्यक्षमता र स्मार्ट प्रणालीहरूबीचको गहिरो समन्वयमार्फत आफ्नो उत्कृष्ट परम्परालाई निरन्तरता दिने बाचा गरेको छ। जसले गर्दा प्रविधि प्रेमीहरूमा यस प्रति ठूलो उत्साह देखिएको छ।

आगामी सार्वजनिकिकरणका बारेमा टिप्पणी गर्दै सामसङ एमएक्स विभागका निर्देशक प्रणय रत्न स्थापितले भने, “ग्यालेक्सी अनप्याक्डले हाम्रो अर्थपूर्ण नवप्रवर्तनप्रतिको प्रतिबद्धतालाई दर्शाउँछ, जसले मानिसको दैनिकीलाई अझ सुलभ बनाउँछ। हामी यस्तो प्रविधि प्रस्तुत गर्न उत्साहित छौँ, जुन शक्तिशाली मात्र नभई प्रयोगकर्ताहरूको आवश्यकतासँग बुद्धिमानीपूर्वक मेल खान्छ र उनीहरूको अनुभवलाई पहिलेभन्दा अझ सहज, व्यक्तिगत र प्रभावकारी बनाउँछ।”

नेपालभरका दर्शकहरूले यो कार्यक्रमको सीधा प्रसारण हेर्न सक्ने व्यवस्था मिलाइएको छ। यसले गर्दा नेपाली दर्शकहरूले ग्यालेक्सीका नयाँ आविष्कारहरू विश्वभरि सार्वजनिक हुँदै गर्दा त्यसलाई प्रत्यक्ष रूपमा पहिलो पटक नियाल्ने अवसर प्राप्त गर्नेछन्। इच्छुक दर्शकहरूलाई थप जानकारी र ताजा अपडेटका लागि कम्पनीको आधिकारिक वेबसाइटमा भ्रमण गर्न र सीधा प्रसारणमा सहभागी हुन आग्रह गरिएको छ।

प्रकाशित मिति : १३ फाल्गुन २०८२, बुधबार १६:१२   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।