काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले पार्टीको निर्वाचन परिचालन कमिटीको बैठक बोलाएका छन्।
आसन्न प्रतिनिधिसभा निर्वाचनको तयारी र समीक्षा गर्न बैठक बोलाइएको जनाइएको छ। बैठक बिहीबार दिउँसो २ बजे पेरिसडाँडास्थित पार्टी कार्यालयमा बस्नेछ।
यसबीच दाहालले पार्टीका तल्लो कमिटीबाट प्राप्त रिपोर्टहरूको समीक्षा गरिसकेको जनाइएको छ। नेकपाले बैठकपछि पार्टीको औपचारिक अपिल पनि जारी गर्ने तयारी गरेको छ।




















प्रतिक्रिया