Logo

समाचार

काठमाडौंमै व्यापारीको अपहरण, तीन जना पक्राउ



काठमाडौं। प्रहरीले काठमाडौंमा जडिबुटी व्यवसाय गर्दै आएका व्यापारी अपहरण आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

काठमाडौं महानगर–१२ टेकुको रोडलाइन प्यालस होटलको कोठा नम्बर १०५ मा जडिबुटी व्यापारी पूर्णबहादुर बोहरालाई बन्धक बनाउने तीन जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो।

बोहरालाई अपहरण गरी केही दिन उक्त होटलमा बन्धक बनाएको र कुटपिटसमेत गरेको एसपी रामेश्वर कार्की बताए। व्यापारीलाई बन्धक बनाएको आरोपमा प्रहरीले होटल सञ्चालकसहित तीन जनालाई पक्राउ गरेको छ।

होटल सञ्चालक कास्कीका शिवबहादुर घर्ती,  सुर्खेत घर भई कलंकी बस्ने फपेन्द्र न्यौपाने र जुम्लाका धनराज बस्नेत पक्राउ परेका छन्। फपेन्द्र टेकुस्थित अस्पतालका स्वास्थ्य सहायक हुन्।

उनीहरूलाई प्रहरीले सोमबार पक्राउ गरी अनुसन्धान अघि बढाएको छ। थप अनुसन्धानका लागि उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको छ।

प्रकाशित मिति : १४ फाल्गुन २०८२, बिहीबार ०९:००   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।