Logo

अर्थ

सिद्धार्थ बैंकका ग्राहकलाई पेट मामा नेपालमा १० प्रतिशतसम्मको छुट



काठमाडौं । सिद्धार्थ बैंक र पेट मामा नेपाल प्रा. लि. बीच बैंकका ग्राहकहरूलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता अनुसार बैंकका ग्राहकहरूले बैंकको कुनै पनि कार्ड प्रयोग गरी भुक्तानी गर्दा घर पालुवा जनावरहरुको गु्रमिब, स्पा, भेट परामर्श तथा खोप सेवामा १० प्रतिशतसम्मकाे छुट प्राप्त गर्न सक्नेछन् ।

यस सम्झौताले ग्राहकहरूलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०८२, बिहीबार १३:२१   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।