काठमाडौं । बुद्ध एयरले यात्रुहरूले सजिलै टिकट बुकिङ गर्नका लागि नयाँ वेबसाइटको सुरुवात गरेको छ ।
आजदेखि सार्वजनिक वेबसाइटमार्फत उडान बुकिङ गर्दा प्रोमोकोडा प्रयोग गरी थप ३०० रुपैयाँ डिस्काउन्ट समेत पाइने छ ।
एयरले आम निर्वाचनका लागि घर जाने यात्रुहरूका लागि फागुन १५ गतेदेखि फागुन २० गतेसम्मका लागि आकर्षक प्रोमो कोड जारी गरेको हो ।
डिस्काउन्ट अफर हरेक दिन पहिला ३०० यात्रुहरूका लागि तय गरिएको छ ।
वेवसाईटकोमार्फ क्लिकमै फ्लाइट स्ट्याटस, कार्गो ट्रेसिङ पनि गर्न सक्नुको साथै अन्य जानकारी समेत सजिलै लिन सकिन्छ ।




















प्रतिक्रिया