काठमाडौं । आज साताको अन्तिम दिन सेयर बजार सामान्य बढेको छ । नेप्से परिसूचक ६.०३ अंकले बढेर २,६५४ को विन्दुमा कायम भएको छ ।
आज १३७ कम्पनीको सेयर मूल्य बढेको छ भने ११८ कम्पनीको मूल्य घटेको छ ।
आज ४ अर्ब १७ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै अपि पावर कम्पनीको सेयर कारोबार भएको छ । यस कम्पनीको ३२ करोड ६८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आँखुखोला जलविद्युतको २१ करोड १३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै सालपा विकास बैंकका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै नविल डिबेञ्चर २०८२ का इकाईधनीले गुमाएका छन् । यसका इकाईधनीले ३.६० प्रतिशतका दरले गुमाएका हुन् ।




















प्रतिक्रिया