जनकपुर । धनुषाको औरही गाउँपालिका वडा नं.६ मा एक जना पुरुषको शव फेला परेको छ । पुरुषको हात पछाडि बाँधिएको र धारिलो हतियारले घाँटी काटिएको अवस्थामा शव फेला परेको धनुषा प्रहरीले जानकारी दिएको छ ।

धनुषा प्रहरीका अनुसार शव फेला परेको पुरुष हंसपुर नगरपालिका ९ रुदौलीका सुमित मण्डल रहेका छन् । दिउँसो ४ः३० बजे स्थानियले शव देखेपछि प्रहरीलाई खबर गरेको थियो ।

अहिले धनुषा प्रहरीको टोली उक्त स्थानमा पुगेर अनुसन्धान गरिरहेको छ । थप जानकारी आउन बाँकी रहेको छ ।