Logo

राजनीति

बीबीसीले सार्वजनिक गरेको भिडियो डकुमेन्ट्री हटाउन प्रेस काउन्सिललाई निर्वाचन आयोगको पत्राचार



काठमाडौँ। भदौ २३ र २४ गतेको जेनजी आन्दोलनबारे बीबीसीले सार्वजनिक गरेको भिडियो डकुमेन्ट्री हटाउन निर्वाचन आयोगले प्रेस काउन्सिललाई पत्राचार गरेको छ ।

बीबीसी वर्ल्ड सर्भिसले तयार गरेको वृत्तचित्र ‘सट लाइक द इनिमिज : इन्साइड नेपाल्स जेनजी अपराइजिङ’मा जेन–जी आन्दोलनका दौरान तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले निहत्था प्रदर्शनकारीमाथि गोली चलाउने आदेश दिएको उल्लेख गरिएको छ ।

आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आज बिहीबार काउन्सिललाई पत्र पठाइएको जानकारी दिए। अन्यथा आयोगले कडाभन्दा कडा कारबाही गर्ने जनाएको छ।

सार्वजनिक वृत्तचित्रमा प्रहरीको आन्तरिक दस्तावेज समावेश गरिएको छ । दस्तावेजमा कल साइन ‘पिटर वान’ ले प्रहरी अधिकृतहरुलाई कफ्र्यु लागेको १० मिनेटपछि ‘आवश्यक बल प्रयोगगर्न’ आदेश दिएको र १२ः ३० बजे कफ्र्यु लागेको बिषय समेटिएको छ ।

‘पिटर वान’ नेपाल प्रहरीका तत्कालीन महानिरीक्षक चन्द्र कुवेर खापुङले प्रयोग गर्दै आएको कल साइन रहेको स्रोतलाई उद्रृत गर्दै बीबीसीले जनाएको छ ।

‘खापुङलेगोली चलाउन आदेश दिएको अस्विकार गरेका छैनन् । ‘नेपालका प्रमुख सुरक्षा बलमिलेर बनेको सुरक्षा कमिटीबाट यो आदेश आएको हो । कमिटीको निर्णयअघि आईजीपीखापुङले यस्तो कुनै आदेश दिएका थिएनन्,’ वृत्तचित्रमा नेपाल प्रहरीका प्रवक्तालाई उद्रृत गर्दै भनिएको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०८२, बिहीबार २०:०९   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।