धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका–१३ मा मंगलबार साँझ युवाहरूका दुई समूहबिच भएको विवादले उग्र रूप लिँदा झडप भएको छ ।
स्थिति तनावग्रस्त बनेपछि प्रहरीले घटनामा संलग्न १२ जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार, झडपमा केही व्यक्तिहरू घाइते भएका छन् । स्थितिलाई नियन्त्रणमा लिन र थप हिंसा हुन नदिन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोली परिचालन गरिएको थियो। सुरक्षाकर्मीले घटनास्थलबाटै शंकास्पद व्यक्तिहरूलाई हिरासतमा लिएको हो ।




















प्रतिक्रिया