Logo

निर्वाचन

रामेछापका मतदातामा उत्साह, मतदानको अघिल्लो दिन पनि घर फर्कने क्रम जारी



रामेछाप । भोलि हुने प्रतिनिधि सभा निर्वाचनका लागि रामेछापका मतदाताहरूमा उल्लेख्य उत्साह देखिएको छ । मतदानको अघिल्लो दिनसमेत घर फर्किने मतदाताहरूको भिड देखिएको हो ।

कामको सिलसिलामा काठमाडौं लगायत विभिन्न स्थानमा बसोबास गर्दै आएका मतदाताहरू ठूलो सङ्ख्यामा गृहजिल्ला फर्किएका छन् ।

विशेषगरी काठमाडौंबाट बस रिजर्भ गरेर समूहगत रूपमा गाउँ फर्किनेको सङ्ख्या उल्लेख्य देखिएको छ भने आफ्नै सवारी साधन प्रयोग गरी घर फर्कनेहरू पनि प्रशस्तै छन् ।

एक मात्र निर्वाचन क्षेत्र रहेको रामेछापमा कुल १ लाख ८७ हजार ९ सय ५२ मतदाता रहेका छन् । रोजगारी तथा अध्ययनका कारण राजधानी तथा अन्य शहरमा बस्दै आएका मतदाताहरू निर्वाचनका लागि गाउँ फर्किँदा स्थानीय बस्तीहरूमा उत्साह र चहलपहल बढेको छ ।

गाउँघरमा आफन्त तथा छिमेकीसँगको भेटघाट बढेसँगै निर्वाचनलाई लिएर उल्लासमय वातावरण बनेको स्थानीयहरूले बताएका छन् ।

प्रकाशित मिति : २० फाल्गुन २०८२, बुधबार २०:२७   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।