काठमाडौँ । फ्लाई दुबईले आज राति दुबई–काठमाडौं–दुबई मार्गमा उडान सञ्चालन गर्ने भएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले दिएको जानकारीअनुसार शनिबार अमेरिका र इजरायलले गरेको संयुक्त सैन्य आक्रमणपछि पैदा भएको तनावपछि त्यस क्षेत्रका ९ वटा मुलुकले हवाई क्षेत्रमा उडान रोकेका थिए ।
बुधबार राति खाडीबाट सञ्चालनमा आउने यो पहिलो नियमित उडानमध्ये एक हुनेछ । सामान्य दिनमा फ्लाई दुबईले दैनिक तीनवटा उडान नेपालमा गर्छ ।
विमानस्थलका प्रवक्ताद्वारा जारी जानकारीअनुसार, यस विशेष उडानअघि क्षेत्रीय हवाई मार्ग बन्द हुँदा खाडीका लागि ७ वटा वायुसेवाका ७० हाराहारी उडान रद्द भएका थिए ।
सुरक्षा मूल्यांकन र आवश्यक सावधानी अपनाएर यूएईका एयरलाइन्सहरूले क्रमशः केही उडान फेरि सुरु गरेका छन् ।यसैअनुसार, नेपाल उडान पनि खुला हुने भएको छ ।
फ्लाई दुबईले आफ्ना यात्रुलाई उडान समय र विवरणका लागि सम्बन्धित एयरलाइन्सको कार्यालयसँग प्रत्यक्ष सम्पर्क गर्न सुझाव दिँदै आएको छ ।
अधिकृत उडान विवरण र यात्रु सहायता जानकारीका लागि फ्लाई दुबईका ग्राहकलाई सम्बन्धित ट्राभल एजेन्सीमा सम्पर्क गर्न सकिने पनि भनिएको छ । यो उडानमा प्वाइट टु प्वाइन्टका यात्रुले मात्रै प्राथमिकता पाउनेछन् । तेस्रो मुलुकका यात्रुलाई प्राथमिकता दिइएको छैन ।




















प्रतिक्रिया