काठमाडौँ । झापाको बिर्तामोड नगरपालिका वडा नम्बर–५ स्थित भद्रपुर रोडबाट प्रहरीले नमुना मतपत्रसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका घर भएका ५१ वर्षीय राजुजंग कन्दङ्वा छन् । उनको साथबाट ५६५ प्रति ठुलो र २७ प्रति सानो प्रतिनिधिसभा निर्वाचनको नमुना मतपत्र प्रहरीले बरामद गरेको छ ।
उनलाई झापा क्षेत्र नम्बर–२ को निर्वाचन कार्यालय शनिश्चरेमा बुझाइएको झापाकी एसपी बसुन्धरा खड्काले बताइन् ।




















प्रतिक्रिया