Logo

राजनीति

नुवाकोट २ मा रास्वपाका अच्युतम लामिछाने विजयी



काठमाडौं । नुवाकोट क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उम्मेदवार डा.अच्युतम लामिछानेले ३२ हजार ५४ मत प्राप्त गरेर विजयी भएका छन् ।

उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जगदिश्वर नरसिंह केसीले १५ हजार ५०३ पाएका छन् । लामिछानेले केसीलाई १६ हजार ५५१ मतान्तरले पराजित गरे ।

यसैगरी, नेकपा एमालेका केशवराज पाण्डेले ८ हजार, २८५ पाएका छन् भने नेपाली कम्युनिस्ट पार्टीका हिरानाथ खतिवाडाले ६ हजार ७२० मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : २३ फाल्गुन २०८२, शनिबार १३:०६   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।