Logo

अर्थ

सन नेपाल लाइफद्वारा वृक्षरोपण सम्पन्न



काठमाडौं । लुम्बिनी विश्व शान्ति मञ्चको आयोजनामा अन्तराष्ट्रिय जंगल दिवसको अवसरमा डोटी जिल्लाको आदर्श गाँउपालिका वडा न ७, दडीमाडा गाँउमा सन नेपाल लाइफ इन्स्योरेन्सले सामाजिक उत्तरदायित्वको कार्यक्रम गरेको छ ।

कम्पनीको ८औँ बार्षिक उत्सवको अवसरमा सामाजिक उत्तरदायित्व बहन गर्दै ८ हजार विरूवा वृक्षरोपण गर्ने अभियान अन्तर्गत १ हजार विरूवा रोपेको हो ।

सन नेपाल लाइफ इन्स्योरेन्सका सुदुर पश्चिम प्रदेश प्रमुख लक्ष्मीकान्त जैसीको प्रमुख आतिथ्यमा उक्र कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा लुम्बिनी विश्व शान्ति मञ्चका अध्यक्ष बासु गौतम, सन नेपाल लाइफ इन्स्योरेन्स क। लि।का डडेल्धुराका शाखा प्रमुख खगराज शाह लगायत स्थानीयहरूको सहभागितामा कागतीका विरूवाहरू वृक्षरोपण तथा हस्तान्तरण गरिएको छ ।

प्रकाशित मिति : ८ चैत्र २०८२, आईतवार १५:०५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।