काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडका अध्यक्ष शेखर गोल्छाले आफ्नो पदबाट राजीनामा दिएका छन्। कम्पनीका संस्थापक अध्यक्ष समेत रहेका गोल्छाले गत फागुन २५ गते नै आफ्नो राजीनामा बुझाएका थिए।
गोल्छाले दिएको उक्त राजीनामालाई कम्पनी सञ्चालक समितिको चैत ५ गते बसेको बैठकले औपचारिक रूपमा स्वीकृत गरिसकेको छ।
गोल्छा कम्पनीका संस्थापक अध्यक्ष हुन्। उनीको राजीनामाको कारण भने खुलेको छैन।


















प्रतिक्रिया