Logo

प्रमुख समाचार

नर्स निशा मेहता बनिन् स्वास्थ्यमन्त्री, को हुन् उनी?



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्ने भएकी छन् । समानुपातिकतर्फबाट सांसद बनेकी नर्ससमेत रहेकी उनी सुनसरी इनरुवाकी हुन् ।

स्थापनाकालबाटै रास्वपामा आवद्ध भएकी उनी अघिल्लोपटक पनि समानुपातिक सूचीमा परेकी थिइन् । तर, सांसद बन्न सकेकी थिइनन् । उनी मधेशी महिलाको कोटामा परेकी थिइन् । उनी रास्वपाको केन्द्रीय सदस्य पनि हुन् ।

मेहताले भारतको ग्वालियरस्थित विश्वविद्यालयबाट नर्सिङमा स्नातकोत्तर गरेपछि नेपाल फर्किएर उनले विराटनगरस्थित विराट टिचिङमा एक वर्ष हस्पिटलमा काम गरिन् ।

प्रकाशित मिति : १३ चैत्र २०८२, शुक्रबार ११:४२   :  बजे

213
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।