Logo

मनोरञ्जन

प्रधानमन्त्री बालेनको र्‍याप गीत ‘जय महाकाली’ को २४ घण्टामा ३६ लाख भ्युज



काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को र्‍याप गीत ‘जय महाकाली’ ले सार्वजनिक भएको २४ घण्टामा ३६ लाख भ्युज पाएको छ ।

बिहीबार साँझ सार्वजनिक भएको यो गीतले २४ घण्टामा ३६ लाख भन्दा बढी भ्युज पाउन सफल भएको हो ।

समाचार तयार पार्दासम्म गीतले ३६ लाख ७२ हजार २२१ भ्युज पाएको छ । यसअघि नेपाली युट्युब इतिहासमा दुर्गेश थापा र सिसन बानियाँको गीत ‘जाने भए जाम माया’ ले २० घण्टामा १६ लाख भ्युज पाएर रेकर्ड राखेको थियो ।

तर, बालेनको गीतले भने २४ घण्टामै ३६ लाखको आँकडा पार गरेपछि छोटो अवधिमै सर्वाधिक भ्युज पाउने नेपाली गीत बनेको छ।

प्रकाशित मिति : १३ चैत्र २०८२, शुक्रबार २०:५७   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।