काठमाडौँ — एनआईसी एशिया बैंक ले देशका विभिन्न महानगरअन्तर्गत रहेका ४४ शाखा कार्यालय समायोजन (मर्ज) गर्ने निर्णय गरेको छ। बैंकले वैशाख ३ देखि लागू हुने गरी शाखा एकीकरण प्रक्रिया अघि बढाउने जनाएको छ।
बैंकका अनुसार सबैभन्दा धेरै २६ शाखा काठमाडौँ महानगरपालिकाभित्र मर्ज गरिनेछन्। त्यस्तै ललितपुर र पोखरामा ६–६, विराटनगरमा ३, वीरगञ्जमा २ र भरतपुरमा १ शाखा समायोजन गरिनेछ।
काठमाडौँमा नागपोखरी, पुतलीसडक, दरबारमार्गलगायत क्षेत्रका शाखा कमलादी, बालाजु, विशालबजार, बौद्ध, कोटेश्वर, लाजिम्पाट, नयाँ बानेश्वर, कलंकी, सुकेधारा, सामाखुसी, ठमेल र त्रिपुरेश्वर शाखामा गाभिनेछन्।
ललितपुर, पोखरा, विराटनगर, वीरगञ्ज र भरतपुरका विभिन्न शाखा पनि नजिकका शाखामा समायोजन गरी सेवा सञ्चालन गरिने बैंकले जनाएको छ।


















प्रतिक्रिया