Logo

प्रमुख समाचार

संघीय संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक



काठमाडौं । संघीय संसद् सचिवालयले सर्वदलीय बैठक आह्वान गरेको छ । सरकारको सिफारिसमा राष्ट्रपतिबाट संघीय संसद्को अधिवेशन आह्वान भएसँगै संसद सचिवालयले सर्वदलीय बैठक बोलाएको हो ।

गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित सांसदहरूको पहिलो बैठक १९ चैत दिउँसो २ बजेका लागि बोलाइएको छ ।

संघीय संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीका अनुसार बुधबार दिउँसो १ बजे सर्वदलीय बैठक बस्दैछ । प्रतिनिधिसभाको बैठक सुरु हुनुभन्दा एक घण्टाअघि सर्वदलीय बैठक बस्नेछ ।

प्रकाशित मिति : १७ चैत्र २०८२, मंगलवार ११:०८   :  बजे

222
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।