Logo

अर्थ

तोलामा ६७ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?



काठमाडाैं । नेपाली बजारमा आज सुनको मूल्य तोलामै ६ हजार ७०० रुपैयाँ बढेको छ ।

आज सुनको मूल्य प्रतितोला २ लाख ९० हजार २०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । अघिल्लो दिन सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँ थियो ।

चाँदीको मूल्य पनि बृद्धि भएको छ । आज चाँदीको मूल्य तोलामा १४५ रुपैयाँ बढेर प्रतितोला ४ हजार ८४५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला ४ हजार ७०० रुपैयाँ रहेको थियो ।

प्रकाशित मिति : १७ चैत्र २०८२, मंगलवार ११:३५   :  बजे

72
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।