काठमाडौं । आज साताको तेस्रो दिन भने बजार बढेको छ । नेप्से परिसूचक १९.७० अंकले बढेर २,८५१ को विन्दुमा कायम भएको छ ।
आज १९५ कम्पनीको सेयर मूल्य बढेको छ भने ६३ कम्पनीको घटेको छ ।
आज ११ अर्ब ११ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै रिडी पावर कम्पनीको सेयर कारोबार भएको छ । यस कम्पनीको ४८ करोड ४८ लाख रुपैयाँको सेयर कारोबार भएको हो । अपि पावरको ४० करोड ३८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै रिलायन्स स्पीनिङ मिल्स, भुजुङ हाइड्रोपावर, सुपर खुदी, रिज लाइन इनर्जी र होटल फरेष्टका लगानीकर्ताले कमाएका छन् । यी पाँच कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । यसका लगानीकर्ताले ८ प्रतिशतका दरले गुमाएका हुन् ।


















प्रतिक्रिया