काठमाडौं । नेप्सेमा चार कम्पनीको बोनश सेयर सूचिकृत भएको छ । नेप्सेमा अरुण भ्याली हाइड्रोपावर, महालक्ष्मी विकास बैंक, महुली लघुवित्त वित्तीय संस्था र समता घरेलु लघुवित्त वित्तीय संस्थाको बोनश सेयर सूचिकृत भएको हो ।
नेप्सेमा अरुण भ्याली हाइड्रोपावरको ५ प्रतिशत बोनश वापत १९ लाख २४ हजार १ कित्ता, महालक्ष्मी विकास बैंकको ५ प्रतिशत बोनश वापत २१ लाख ४८ हजार २२९ दशमलव ०७९० कित्ता, महुली लघुवित्तको ४ दशमलव ७५ प्रतिशत बोनश वापत १ लाख ७५ हजार ७१३ दशमलव ६६ कित्ता र समता घरेलु लघुवित्तको ५ प्रतिशत बोनश वापत ३ लाख १४ हजार ५२५ दशमलव ७८२३ कित्ता बोनश सेयर सूचिकृत भएको हो ।


















प्रतिक्रिया