काठमाडौं । अध्यागमन विभागले व्यवसायी दीपक भट्टलाई कालोसूचीमा राखेको छ । भट्टमाथी सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान थालेको छ ।
भट्टको राहदानी कालोसूचीमा राख्न सोमबार सम्पत्ति शुद्धीकरणले अध्यागमनलाई पत्र पठाएको थियो । सो पत्रका आधारमा भट्टको राहदानी कालोसूचीमा राखिएको स्रोतले जानकारी दिएको छ ।
भट्टमाथि विभिन्न ठूला ठेक्का र खरिदमा चलखेल गर्ने गरेको आरोप छ । उनी राजनीतिक पहुँचको आडमा राज्यका विभिन्न निकायमा नियुक्ति तथा ठेक्काको सेटिङ मिलाउँदै स्वार्थअनुरुपका काम गर्ने र गराउने गरेको पनि आरोप लाग्दै आएको छ ।


















प्रतिक्रिया