Logo

राजनीति

मन्त्री चौधरीद्वारा जीआईको लागि दुई उत्पादनलाई स्वामित्व र संरक्षण गर्ने निर्णय



काठमाडौँ। वन तथा वातावरण र कृषि तथा पशुपन्छी विकासमन्त्री गिता चौधरीले दुई वटा उत्पादन भौगोलिक संकेत (जीयोग्रफिकल इन्डिकेशन जीआई)को लागि स्वामित्व र संरक्षण गर्ने निर्णय गरेका छन्।

कानून आउना साथ नेपालका दुई वटा उत्पादन ठुलो अलैंची र सुन्तलालाई जीआईको लागि स्वामित्व र संरक्षण गर्ने निर्णय गरेकी हुन्।

भौगोलिक विविधताका कारण नेपालका विभिन्न क्षेत्रहरूका अलैंची र सुन्तला गुणस्तर र स्वाद भएकाले जीआई मार्फत अन्तर्राष्ट्रिय बजारमा नेपाली उत्पादनको विश्वासनीयता र पहिचान स्थापित गर्न आजको निर्णय गरिएको मन्त्री चौधरीले बताइन। कृषि मन्त्रालयमा मन्त्री चौधरीको पहिलो निर्णय हो।

सुन्तला नेपालको राष्ट्रिय फल हुनुका साथै पर्याप्त उत्पादन, भौगोलिक आधारमा फरक स्वाद र गुणस्तर र बजारमा स्थापित पहिचानका कारण छनौटमा परेको हो।

त्यस्तै, ठूलो अलैंची उच्च गुणस्तरको निर्यातमुखी बाली भएको, विश्व निर्यातमा नेपालको करिब ६८ प्रतिशत हिस्सा रहेको र अन्तर्राष्ट्रिय बजारमा अलग पहिचान बनाएको कारण प्राथमिकतामा परेको हो।

मन्त्रालयले ठूलो अलैंची र सुन्तलालाई पाइलट जीआई उत्पादनका रूपमा छनौट गरी आवश्यक प्राविधिक र कानुनी प्रक्रिया अघि बढाएको छ।

जीआईले उत्पादनलाई यसको उत्पत्तिसँग जोडेर विशेष पहिचान दिने मात्र नभई परम्परागत ज्ञान र सांस्कृतिक सम्पदाको संरक्षणमा पनि योगदान पुर्याउने मन्त्री चौधरीले बताइन।

यसका साथै, जीआई ब्रान्डिङमार्फत अन्तर्राष्ट्रिय बजारमा उच्च मूल्य सुनिश्चित भई स्थानीय कृषकहरूको आम्दानी वृद्धि हुनेछ।

नेपालमा बाणिज्य नीतिले बौद्धिक सम्पतिको लागि व्यवस्था भए पनि जीआईको लागि हाल कानुनी आधार नभएकोले उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयबाट जीआई सम्वन्धि कानूनको मस्यौदा तयार गरी संसदमा पेश गर्ने तयारी छ। सो कानुन आउनसाथ अलैंची र सुन्तलालाई जीआईको लागि स्वामित्व र संरक्षण गरिने छ।

प्रकाशित मिति : १७ चैत्र २०८२, मंगलवार २१:३५   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।