Logo

अर्थ

आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?



काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य वृद्धि भएको छ । आज छापावाल सुनको मूल्य तोलामा एकैदिन ७ हजार ४०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

योसँगै बजारमा सुन प्रतितोला २ लाख ९७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो बजारमा सुन प्रतितोला २ लाख ९० हजार २०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

आज चाँदीको मूल्य पनि बढेको छ । महासंघकाअनुसार आज चाँदी तोलामा १०० रुपैयाँले बढेर प्रतितोला ४ हजार ९४५ रुपैयाँ पुगेको छ । यसअघि हिजो चाँदी प्रतितोला ४ हजार ८४५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : १८ चैत्र २०८२, बुधबार ११:२३   :  बजे

183
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।