Logo

प्रमुख समाचार

सङ्घीय संसद् सचिवालयको आह्वानमा सर्वदलीय बैठक बस्दै



काठमाडौं । सङ्घीय संसद् सचिवालयको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ । बैठक दिउँसो १ बजे संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेको कार्यकक्षमा बस्ने छ ।

‘प्रतिनिधिसभाको निर्वाचनबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्न सफल भएका दलहरूको बैठक सचिवालयले आह्वान गरेको छ,’ महासचिव पाण्डेले भने, ‘बैठक सिंहदरबारस्थित संसद् सचिवालयमा रहेको महासचिवको कार्यकक्षमा बस्नेछ ।

गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित सांसदहरूको पहिलो बैठक १९ चैत दिउँसो २ बजेका लागि बोलाइएको छ । सोही बैठक सञ्चालनको सन्दर्भमा महासचिव पाण्डेले बैठक बोलाएका हुन् ।

यसपटकको प्रतिनिधिसभामा रास्वपा, कांग्रेस, एमाले, नेकपा, श्रमसंस्कृति र राप्रपा गरी ६ वटा दलले राष्ट्रिय मान्यतासहित प्रतिनिधित्व गरेका छन् । एक जना स्वतन्त्र (महावीर पुन) निर्वाचित सांसद छन् ।

२७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपा १८२ सिटसहित सबैभन्दा ठूलो दल बनेको छ । ३८ सिटसहित कांग्रेस दोस्रो, २५ सिटसहित एमाले तेस्रो र १७ सिटसहित नेपाली कम्युनिष्ट पार्टी चौथो दल बनेको छ ।

पहिलोपटक निर्वाचनमा सहभागी भएको श्रम संस्कृति पार्टी ७ सिट ल्याएर संसद्को पाँचौं दल बनेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी ५ सिट सहित छैटौं दल बनेको छ ।

प्रकाशित मिति : १८ चैत्र २०८२, बुधबार ११:३१   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।