Logo

अर्थ

प्रभु इन्स्योरेन्को लाभांश घोषणा



काठमाडाैं । प्रभु इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको चैत १७ गते बसेको संचालक समितिको बैठकले आव २०८१/८२ को मुनाफाबाट सेयरधनीहरुलाई लाभांश दिने निर्णय गरेको हो ।

कम्पनीले कायम चुक्तापूँजी को ८.७० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४५७९ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।

कम्पनीले प्रस्तावित लाभांश पारित गर्नका लागि साधारणसभा समेत आह्वान गरेको छ । सभा वैशाख ९ गते कम्पनीको केन्द्रीय कार्यालय प्रभु कम्प्लेक्स, तीनकुने काठमाण्डौमा बिहान ११ बजे बस्नेछ ।

कम्पनीले लाभांश वितरण प्रयोजनार्थ चैत २६ गते एक दिनका लागि बुकक्लोजको मिति तोकेको छ ।

प्रकाशित मिति : १८ चैत्र २०८२, बुधबार १२:००   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।