Logo

राजनीति

सुहाङको प्रतिक्रिया- मेरो अपेक्षा अनुसार हुन सकेन, पाइला चाल्दै जान्छु



काठमाडौं । नेकपा एमालेका युवा नेता सुहाङ नेम्वाङले आफूले कुनै दबाब वा प्रभावमा परेर उम्मेदवारी फिर्ता नलिएको प्रष्ट पारेका छन् ।

दलको नेतामा बादल निर्विरोध चयनको घोषणापछि उनले यो प्रक्रियालाई नकारात्मक रूपमा नहेर्न आग्रह गरे ।

नेम्वाङले भने, ‘यहाँ कुनै दबाब भएको छैन । मैले जुन अपेक्षा गरेको थिएँ त्यो हिसाबको भएन । मभन्दा अर्को उम्मेदवार संसदीय दलको नेता हुने ठानेर यो रिजल्ट आएको छ ।’

उनले दलको नेतामा आफ्नो दाबीलाई एमालेमा रहेको अलिअलि कमजोरीलाई सुधार्दै, हिजोको आत्मालोचना र वर्तमानको विश्लेषण र भविष्यको सुदृढ पार्टीका लागि पाइलाको रूपमा व्याख्या गरेका छन् ।

‘पाइला चाल्दै गर्दा अपेक्षित नतिजा नआउन सक्छ । त्यसमा कसैले हतोत्साही हुनु पर्दैन । निरन्तर एमालेले देशलाई समृद्धितर्फ लान्छ । देश र जनताको हितमा पार्टीले काम गर्छ, विश्वस्त छु । यो मैले एक पाइलामात्र चालेको हो, अब चाल्दै जान्छु ।’

संसद भवनभित्र पार्टीको उपस्थितिबारे पत्रकारको जिज्ञासमा उनले सरकारका राम्रा कामलाई सहयोग पुर्‍याउने र कमजोरीप्रति रचनात्मक रूपमा खबरदारी गर्ने बताए ।

सुहाङले थपे, ‘संसद भवनभित्र छिर्नुअघि नै सत्ता र प्रतिपक्षी भनेर आफूलाई पहिले नै सोचेर हिँड्ने हो भने जनता र देशको पक्षमा राम्रो र निष्ठापूर्वक काम गर्न सकिन्न । सरकारले गरेका राम्रा कामलाई सहयोग पुर्‍याउनुपर्छ ।

कमी कमजोरी औंल्याउँदै खबरदारीका साथ रचनात्म सुझाव दिनुपर्छ । सहयोग पुर्‍याउनुपर्छ । यसलाई सच्याउनुपर्छ ।

प्रकाशित मिति : १८ चैत्र २०८२, बुधबार १७:५१   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।