काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले आयोजना गर्ने भनिएको जिल्ला सभापतिहरूको भेला स्थगित भएको छ । विशेष महाधिवेशनको विपक्षमा रहेका नेताहरूको धुम्बाराही बैठकले सभापतिहरूको जिल्ला भेला स्थगित गरेको हो ।
निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको दुई दिने बैठक बोलाएका थिए ।
बैठकले तत्कालका लागि जिल्ला सभापतिहरूको भेला स्थगित गरेको नेताहरूले जानकारी दिएका छन् ।


















प्रतिक्रिया