काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ । आज सुनको मूल्य प्रतितोला ३ हजार ६०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार रुपैयाँ तोकिएको छ । हिजो सुन प्रतितोला २ लाख ९७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्यमा पनि गिरावट आएको छ । आज चाँदी प्रतितोला १६५ रुपैयाँले घटेर ४ हजार ७८० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी प्रतितोला ४,९४५ रुपैयाँ थियो ।


















प्रतिक्रिया