Logo

प्रमुख समाचार

साइकल चढेर रास्वपा सांसद गजुरेल सिंहदरबार पुगेपछि…



काठमाडौं । रास्वपा सांसद आशिष गजुरेल साइकल चढेर संसद भवन गएका छन् । सार्वजनिक यातायात पूर्वाधार विज्ञसमेत रहेका गजुरेल निर्वाचनपछिको पहिलो संसद बैठकमा सहभागी हुन साइकल चढेर सिंहदरबार गएका हुन् ।

दौरा सुरुवाल लगाएका उनी माउन्टेन बाइक चढेर सिंहदरबारस्थित संघीय संसद भवन गएको फोटो सार्वजनिक भएको छ ।

उनी सिन्धुली क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा प्रत्यक्ष निर्वाचित भएका हुन् ।

प्रकाशित मिति : १९ चैत्र २०८२, बिहीबार १४:१३   :  बजे

78
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।