काठमाडौं । इलेक्ट्रोनिक्स ब्रान्ड सीजीले नयाँ वर्ष २०८३ को ‘एक्सपिरेन्स लाइफ विथ सीजी’ योजना ल्याएको छ । आधुनिक प्रविधि र जीवनशैलीलाई केन्द्रमा राख्दै ल्याइएको यस योजनाले उपभोक्तालाई स्मार्ट, सहज र उन्नत जीवनको अनुभव प्रदान गर्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ ।
यस योजनाअन्तर्गत, ग्राहकहरूले सीजी ब्रान्डका टेलिभिजन, रेफ्रिजेरेटर, वासिङ मेसिन, माइक्रोवेभ ओभन तथा एयर कन्डिसनरजस्ता विभिन्न घरायसी उपकरणको खरिदमा आकर्षक लाभ प्राप्त गर्न सक्नेछन् ।
कम्पनीका अनुसार, यस योजनामा ग्राहकलाई अधिकतम ५६ हजारसम्मको आकर्षक क्यासब्याक सुविधा उपलब्ध गराइएको छ, जसले उच्च मूल्यका उत्पादनहरूलाई अझ पहुँचयोग्य बनाएको कम्पनीको दाबी छ ।
ग्राहकलाई थप सहज खरिद अनुभव प्रदान गर्ने उद्देश्यले यस योजनामा ‘सीजी इलेक्स ईएमआई’ सुविधा पनि समावेश गरिएको कम्पनीले जनाएको छ ।
यस सुविधाअन्तर्गत, ग्राहकले आफ्नो नागरिकता मात्र पेस गरेर सजिलै किस्ताबन्दीमा सामान खरिद गर्न सक्नेछन् । यसले उपभोक्तालाई आवश्यक प्रविधिमा सहज पहुँच प्रदान गर्दै आधुनिक जीवनशैलीलाई अझ सरल, प्रभावकारी र आर्थिक रूपमा सहज बनाउने विश्वास कम्पनीले लिएको छ ।


















प्रतिक्रिया