काठमाडौं । चालु आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्म मुलुकको विदेशी मुद्रा सञ्चिति उल्लेख्य रूपमा बढेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार फागुन मसान्तसम्म विदेशी मुद्रा सञ्चिति ३४ खर्ब १३ अर्ब रुपैयाँ पुगेको छ।
राष्ट्र बैंकका अनुसार हालको सञ्चितिले विद्यमान आयात प्रवृत्तिका आधारमा २१.४ महिनाको वस्तु आयात र १८.५ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिएको छ।
गत असार मसान्तसम्म २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ रहेको विदेशी मुद्रा सञ्चिति ८ महिनामा २७.५ प्रतिशतले वृद्धि भएको हो।
अमेरिकी डलरमा हाल मुलुकसँग भएको मुद्रा सञ्चिति २३ अर्ब ८ करोड डलर बराबर हो । अमेरिकी डलरमा मुद्रा सञ्चिति ८ महिनामा १८.३ प्रतिशतले बढेको हो । राष्ट्र बैंकका अनुसार फागुनसम्म रहेको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१ प्रतिशत हो ।


















प्रतिक्रिया