काठमाडौं। इप्पान ले ऊर्जा कम्पनीहरूको २२ अर्ब रुपैयाँभन्दा बढीको संस्थापक सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत गरिदिन माग गरेको छ।
इप्पानका अनुसार आईपीओ जारी भइसकेपछि संस्थापक र साधारण सेयर एकैपटक सूचीकृत हुनुपर्ने व्यवस्था भए पनि सीडीएस एन्ड क्लियरिङ लिमिटेड ले संस्थापक सेयर अभौतिकीकरण नगर्दा २२ ऊर्जा कम्पनीका सेयर रोकिएका छन्।
सीडीएससीले छुट्टाछुट्टै अन्तर्राष्ट्रिय सेक्युरिटीज नम्बर आवश्यक पर्ने अडान लिएपछि झन्डै २२ अर्ब रुपैयाँ बराबरका सेयर सूचीकृत हुन नसकेको इप्पानले जनाएको छ। यसले लगानीकर्ता र ऊर्जा कम्पनीहरूलाई समस्या परेको उनीहरूको भनाइ छ।
ऊर्जा उद्यमीहरूले यस्तो अवस्थाले लगानी वातावरणमा नकारात्मक असर पर्ने भन्दै शीघ्र समाधान गर्न माग गरेका छन्।


















प्रतिक्रिया