Logo

प्रमुख समाचार

सभामुखको मनोनयन आज: रास्वपाबाट डिपी अर्याल उम्मेदवार



काठमाडौं । प्रतिनिधिसभाको सभामुख चयन प्रक्रिया आजदेखि औपचारिक रूपमा सुरु भएको छ। सत्तारुढ घटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभापति डीपी अर्याल लाई सभामुख पदका लागि अघि सार्ने निर्णय गरिसकेको छ।

सार्वजनिक कार्यतालिका अनुसार आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म प्रतिनिधिसभाका सदस्यहरूले सभामुख पदका लागि उम्मेदवारको मनोनयन दर्ता गर्न सक्नेछन्। मनोनयन दर्ता प्रक्रिया संसद् सचिवालय, सिंहदरबारमा सम्पन्न हुनेछ।

दर्ता भएका उम्मेदवारहरूको सूची आजै साढे २ बजे प्रकाशन गरिने कार्यतालिका छ। आइतबार बस्ने प्रतिनिधिसभा बैठकमा प्रस्तावकले उम्मेदवारको नाम प्रस्ताव गर्ने र समर्थकले समर्थन गर्नेछन्। त्यसपछि सामूहिक छलफल गरी निर्णयार्थ प्रस्तुत गरिनेछ।

यसैबीच, राष्ट्रियसभा उपाध्यक्ष पदका लागि भने चैत २३ गते निर्वाचन हुने तय गरिएको छ।

सभामुख चयनसँगै संसद्को नियमित कार्यसूची अघि बढ्ने अपेक्षा गरिएको छ भने सत्ता समीकरण र दलहरूबीचको शक्ति सन्तुलन पनि यस निर्वाचनबाट प्रष्ट हुने देखिएको छ।

प्रकाशित मिति : २० चैत्र २०८२, शुक्रबार ०९:५४   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।