Logo

अर्थ

मुद्दती निक्षेपमा पौने ९ अर्ब लगानी गर्दै राष्ट्र बैंक



काठमाडौं । नेपाल राष्ट्र बैंकले ८ अर्ब ८८ करोड रुपैयाँ विभिन्न बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । राष्ट्र बैंकले सूचना प्रकाशन गरी विभिन्न कोषमा रहेको रकम वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीमा लगानी गर्ने जनाएको हो ।

केन्द्रीय बैंकका अनुसार ‘क’ वर्गका वाणिज्य बैंक, ‘ख’ वर्गका राष्ट्रिय स्तरका विकास बैंक र ‘ग’ वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीमा प्रतिशतका आधारमा लगानी हुनेछ ।

उक्त रकममध्ये वाणिज्य बैंकमा ७ अर्ब १० करोड ४० लाख, विकास बैंकमा १ अर्ब ३३ करोड २० लाख र वित्त कम्पनीमा ४४ करोड ४० लाख रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने गरी छुट्याइएको छ । उक्त रकम निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाले आगामी बिहीबार अर्थात् चैत २२ गतेसम्म माग आवेदन बुझाउनुपर्ने केन्द्रीय बैंकले जनाएको छ ।

 

प्रकाशित मिति : २० चैत्र २०८२, शुक्रबार १५:०६   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।