Logo

प्रमुख समाचार

नयाँ सभामुखको शपथ आइतबार हुने



काठमाडौं । सभामुख डोलप्रसाद अर्यालको शपथ चैत २२ गते दिउँसो ३ बजे हुने भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अर्याल शुक्रबार प्रतिनिधिसभाको सभामुखमा निर्विरोध निर्वाचित भएका छन् ।

सङ्घीय संसद् सचिवालयले सभामुखमा उम्मेदवारी दर्ताका लागि तोकेको शुक्रबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्मको समयमा अर्यालको मात्रै उम्मेदवारी परेको प्रवक्ता सहसचिव एकराम गिरीले जानकारी दिए ।

राष्ट्रपति कार्यालयले आइतबार दिउँसो ३ बजे राष्ट्रपति रामचन्द्र पौडेलले सभामुख अर्याललाई पद तथा गोपनीयताको शपथ खुवाउने कार्यक्रम तय भएको छ ।

प्रकाशित मिति : २० चैत्र २०८२, शुक्रबार १५:५६   :  बजे

66
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।