Logo

अर्थ

राष्ट्र बैंकले ग¥यो दुई मनि चेञ्जरको लाइसेन्स खारेज



काठमाडौं। नेपाल राष्ट्र बैंकको विराटनगरस्थित कार्यालयले निर्धारित समयभित्र इजाजतपत्र नवीकरण नगर्ने दुई मनि चेञ्जर कम्पनीको लाइसेन्स खारेज गरेको छ।

समयसीमाभित्र आवश्यक प्रक्रिया पूरा नगरेपछि केन्द्रीय बैंकले यस्तो निर्णय गरिएको हो।

बैंकले इजाजतपत्र रद्द गरिएका कम्पनीहरूमा अमृत लक्ष्मी मनि चेन्जर प्रालि र सुपर फाइन मनि चेन्जर प्रालि रहेको छ।

यी दुवै कम्पनी विराटनगर महानगरपालिका–१५, मोरङ क्षेत्रमा सञ्चालनमा थिए।

राष्ट्र बैंकले इजाजतपत्रप्राप्त मनि चेञ्जर संस्थाहरूले अनुमति अवधि समाप्त भएपछि तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गर्नुपर्ने व्यवस्था स्पष्ट रहेको जनाएको छ।

सम्बन्धित कम्पनीहरूले उक्त प्रक्रिया पूरा नगरेकाले उनीहरूको अनुमति रद्द गरिएको हो।

नेपाल राष्ट्र बैंक ले जारी गरेको “मनि चेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधनसहित)” को विनियम १९ को उपविनियम (३) अनुसार म्याद सकिएको मितिबाट तीन महिनाभित्र लाइसेन्स नवीकरण गर्नुपर्ने कानुनी व्यवस्था छ।

यही प्रावधानअनुसार समयमै नवीकरण नभएकाले लाइसेन्स खारेज गरिएको राष्ट्र बैंकले जानकारी दिएको छ।

प्रकाशित मिति : २० चैत्र २०८२, शुक्रबार १८:२२   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।