Logo

राजनीति

सुधारका काम तीव्र गतिमा अघि बढेको अर्थमन्त्री वाग्लेको दाबी



वीरगञ्ज। स्वर्णिम वाग्ले ले सरकारले आर्थिक सुधारका काम द्रुतगतिमा अघि बढाएको बताएका छन्। वीरगञ्ज उद्योग वाणिज्य सङ्घ ले आयोजना गरेको पूर्वबजेट छलफलमा उनले प्रधानमन्त्री बालेन्द्र शाह ले तय गरेको गतिअनुसार काम भइरहेको बताए।

उनका अनुसार मन्त्रालयहरूबीच नै तीव्र रूपमा काम गर्ने प्रतिस्पर्धा देखिएको छ। उद्योगी–व्यवसायीका गुनासो सम्बोधन गर्न आफूले पदभार सम्हालेदेखि नै पहल गरिरहेको उनले बताए।

मन्त्री वाग्लेले केही पुराना ऐन खारेज गर्नुका साथै सुधारका थप कदम अघि बढाइएको उल्लेख गरे। आगामी आर्थिक वर्षको बजेट तयारीसमेत सुरु भइसकेको उनले जानकारी दिए।

कार्यक्रममा उद्योगीहरूले उद्योगमैत्री नीति र नियमित विद्युत् आपूर्तिको माग गरेका छन्।

प्रकाशित मिति : २० चैत्र २०८२, शुक्रबार २०:२७   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।