Logo

अर्थ

सर्वसाधारणलाई महंगोमा पेट्रोल बेचेर उठाउछ दैनिक १ करोड ६७ लाख कर!



काठमाडौं। नेपाल आयल निगम मार्फत सरकारले पेट्रोलियम पदार्थ बिक्रीबाट दैनिक करिब १ करोड ६७ लाख रुपैयाँ राजस्व उठाइरहेको छ। नयाँ मूल्यसूची अनुसार काठमाडौंमा पेट्रोल प्रतिलिटर २०२ र डिजेल १८२ रुपैयाँ पुगेको छ।

निगमका अनुसार पेट्रोल दैनिक करिब २० देखि २५ लाख लिटर खपत हुने गरेको छ।

यसबाट मात्रै उल्लेख्य राजस्व संकलन भइरहेको छ भने डिजेलबाट पनि दैनिक लाखौं रुपैयाँ उठ्ने गरेको छ।

यद्यपि निगमले मूल्य समायोजनपछि पनि पेट्रोल, डिजेल र ग्यासमा घाटा रहेको जनाएको छ।

निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार पेट्रोलमा प्रतिलिटर ३४ रुपैयाँभन्दा बढी र ग्यासमा प्रतिसिलिन्डर ४ सय रुपैयाँभन्दा बढी नोक्सान छ।

यसबीच उपभोक्ता पक्षले इन्धनमा लाग्ने कर घटाउन माग गरेका छन्। माधव तिमल्सिना ले उच्च करका कारण उपभोक्तामाथि दोहोरो भार परेको भन्दै राहतका लागि कर घटाउनुपर्ने बताएका छन्।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धिसँगै नेपालमा इन्धन महँगिँदा समग्र बजारमा महँगी बढेको छ।

प्रकाशित मिति : २० चैत्र २०८२, शुक्रबार २०:४६   :  बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।