Logo
भिडियो

म्याकुरी, खबपु, एलिस, खुइली लगायतका चर्चित कलाकारका कारण गोलमालको चर्चा


नेपाल टेलिभिजनमा प्रसारण भइरहेका आधा दर्जन टेलिशृखलाहरुमध्ये गोलमालको चर्चा पछिल्लो ह्वात्तै आकाशिएको छ । भद्रगोल, मेरी बास्सै जस्ता चचिृत शृखलाको टिम फुट्नु, सक्किगोनी जस्ता हाँस्य शृखला अन्य टेलिजिनमा गइरहेका बेला गोलमालले आफ्नो उचाई बढाउन सफल भएको छ ।

golmal makuri3.png

विगत ३ वर्षदेखि एनटिभीमा प्रसारण हुँदै आएको गोलमाल एकपछि अर्को गर्दै युट्युवमा ट्रेण्डिगंमा आउनु र एनटिभीको टिआरपीमा पनि अग्रस्थानमा रहेको गोलमालका निर्माता परशुराम रिजालले बताए । गोलमालले चर्चा कमाउनुमा टिमको निरन्तरको मेहेनत नै खास कसी भएको निर्माता रिजाल बताउँछन् ।

नेत्र राउतले निर्देशन गर्दै आएको शृखलामा चर्चित हाँस्यकलाकार पवन खतिवडा म्याकुरी, प्रयांकस्टार एलिश राई, नबिना सिलवाल खुईली, कमेडी च्याम्पियनबाट चर्चा कमाएका खड्ग बहादुर पुनमगर खबपु, लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

golmal makuri.png

निर्देशक नेत्र राउतकै कथा र निर्देशन रहको शृखलाले चर्चा कमाइरहेका बेला यसको निरन्तरताका लागि आँफु अहोरात्र लागिपरिरहेको बताए । उनले भने कलाकारिता काम गर्दै जाँदा सिक्ने विषय पनि हो । समयको परिवर्तनसँगै हामीले कार्यक्रमलाई पनि थप परिमार्जित गराउँदै लैजाने छौँ । शृखला हरेक बिहिबार राती नेपाल टेलिभिजनमा ८ बजेर ५० मिनेटमा र युट्युवमा बिहिबार नै ९ बजेर ३० मिनेटमा प्रशारण हुँदै आएको छ ।