Logo

प्रमुख समाचार

कर्णालीमा बेपत्ता माइक्रोका यात्रुको खोजी जारी, भिरमा अड्किएको एउटा शव निकालिँदै



काठमाडौं । सुर्खेतबाट कालिकोटका लागि छुटेको यात्रुवाहक मिनीबस दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ स्थित साङ्गेतडा नजिक कर्णाली नदीमा खसेको छ ।

जिल्ला प्रहरी कार्यालय दैलेखकाअनुसार कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स मिनीबस बिहीबार बिहान करिब साढे ११ बजे दुर्घटनामा परेको हो ।

उद्धारको क्रममा भिरमा अड्किएको एक पुरुषको शव निकाल्ने प्रयास भएको एपीएफका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

बस सडकबाट ६ सय मिटर तल कर्णाली नदीमा खसेको प्रहरीको भनाइ छ ।

दुर्घटनापछि उद्धारका लागि सशस्त्र प्रहरी बल, नेपाल गुल्म दैलेख, माथिल्लो कर्णाली जलबिद्युत आयोजना सुरक्षा बेश र प्रहरी चौकी पाल्तडाबाट उद्धार टोली खटिएको छ ।

 

प्रकाशित मिति : १८ असार २०८३, बिहीबार १५:०१   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।