Logo

प्रमुख समाचार

दुई मन्त्रालयको कामप्रति प्रधानमन्त्री असन्तुष्ट, को – को परे निशानामा ?



प्रधानमन्त्री केपी शर्मा ओलीले कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयको कामप्रति असन्तुष्टि जनाएका छन् । प्रधानमन्त्री ओलीले मुलुकको आवश्यक्ताअनुसार कृषि उत्पादन र भूमि व्यवस्थापनको काममा तीव्रता दिन पनि दुवै मन्त्रालयलाई निर्देशन दिए ।

आईतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयको ‘वर्तमान अवस्था र भावी सोच’बारे छलफल गर्दै उनले कृषि उत्पादन र भूमि व्यवस्थापनको काममा आवश्यक्ता अनुसार प्रगति नभएको भन्दै चिन्ता पनि व्यक्त गरे । ‘केही नभएको होइन् तर हाम्रो प्रगति आवश्यक्ता अनुरुप हुन सकेन ।

प्रधानमन्त्री ओलीले कृषि उत्पादन वृद्धिका लागि कृषि क्षेत्रको आधुनिकीकरणमा जोड दिनुपर्ने आवश्यक्ता पनि औंल्याए । प्रधानमन्त्री ओलीले मुलुकमा खाद्य अभाव नरहेको दावी समेत गरे ।

बैठकमा कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनाल र भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री पदमाकुमारी अर्यालले आ–आफ्ना मन्त्रालयको वर्तमान अवस्था र भावी योजनाबारे प्रधानमन्त्री ओलीलाई बिफ्रिङ गरेका थिए ।

प्रकाशित मिति : फाल्गुन १२, २०७५ आईतबार  १ : २१ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।