Logo

प्रमुख समाचार

गगनलाई देउवाको उत्तर : ‘शेखरलाई हात जोडेर भन्दा पनि बोल्न छाडेनन्’



नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शेखर कोइरालाको विषमया वीरगंजको कार्यक्रममा बोलेको विषयमा गगनले प्रश्न गरेपछि त्यसको जवाफ दिएका छन् ।सभापति देउवाले आइतबार विधान मस्यौदा लगायतका विषय अनुमोदनका लागि बसेको केन्द्रीय कार्यसमिति बैठकमा कोइरालाको विषयमा दिएको अभिव्यक्तिबारे स्पष्टिकरण दिएका हुन् ।

बैठकमा गगन थापाले पार्टीभित्र रहेका असहमति केन्द्रीय समितिभित्रै राखेर मन माझामाझ नगरी सार्वजनिक कार्यक्रममा नै नेताहरुबीच आरोप प्रत्यारोपको प्रवृत्तिले आम कार्यकर्तामा नकरात्मक सन्देश गएको धारणा राखेका थिए ।

गगनले प्रश्न गरेपछि सभापति देउवाले बैठकमा आफूले शेखर कोइरालालाई पटक–पटक पार्टीभित्रको विषय बाहिर नबोल्न आग्रह गर्दा पनि नमानेको बताएका छन् ।

शेखरलाई मेरै घरमा बोलाएर तपाईं जस्तो व्यक्तिले बाहिर मिडियामा विवादित कुरा नगर्न आग्रह समेत गरेको देउवाले बताए । देउवाले भने, ‘मैले दुई पटक त शेखरलाई मेरै घरमा बोलाएर तपाई जस्तो व्यक्तिले बाहिर मिडियामा विवादित कुरा नगर्नुहोस् भनेर सम्झाँए ।’

सभापति देउवाले भने, ‘हातै जोडेर तपाइले सभापतिको विषयमा केहि भए भित्रै भन्नुहोस् बाहिर मिडियामा सार्वजनिक रुपमा नबोल्नुहोस् । सभापति व्यक्ति होइन, संस्था हो भनेँ । तर, उहाँलाई हात जोडेर भन्दा पनि बोल्न छाडेनन् ।’

केन्द्रीय कार्यसमिति बैठकमा थापाले आफू लगायतका कतिपय नेताहरुले पनि पार्टीभित्रका कुरा बाहिर राख्दै आएपनि पछिल्लो समय नेतृत्व समेत त्यो प्रतिस्पर्धामा उत्रिएपछि यो प्रवृतिले शिखर नै चुमेको भन्दै यसबारे पार्टीभित्र पनि समिक्षा गर्ने बेला आएको धारणा राखेका थिए ।

प्रकाशित मिति : फाल्गुन १२, २०७५ आईतबार  ३ : ३१ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।