Logo

प्रमुख समाचार

राप्रपा प्रवेश गरेलगत्तै दीपक बोहरा वरिष्ठ नेता



राप्रपा प्रजातान्त्रिक र एकीकृत राप्रपा राष्ट्रवादी पार्टी एकीकरणप्रति असन्तुष्ट रहँदै आएका पूर्वमन्त्री दीपक बोहरासहितका नेता कमल थापा नेतृत्वको राप्रपा प्रवेश गरेका छन् ।आइतबार बानेश्वरमा आयोजित कार्यक्रममा बोहरासहितका नेताहरूलाई अध्यक्ष कमल थापाले पार्टी प्रवेश गराएका हुन् ।

राप्रपा प्रवेश गर्नेहरूमा बोहरासहित तत्कालीन राप्रपा प्रजातान्त्रिकका कोषाध्यक्ष नीलकण्ठ काफ्ले, प्रवक्ता प्रदीप उदय, सहायक महामन्त्रीद्वय बिन्दु पहाडी र राजेन्द्र श्रेष्ठ रहेका छन् । यसैगरी राप्रपा प्रवेश गर्ने अन्यमा केन्द्रीय सदस्यहरू दीपक राई, ताहिर अली, मीना स्वर्णकार, सुरेन्द्र केसी छन् ।

राप्रप्रा प्रवेश गरेको केही समयमै पूर्वमन्त्रीसमेत रहेका दीपक बोहरालाई पार्टी अध्यक्ष कमल थापाले वरिष्ठ नेताको पलमा मनोनयन गरेका छन् ।उता राप्रपा महामन्त्री जयन्त चन्द नेतृत्वको समूहले भने पार्टी परित्याग गरेको छ । चन्दसहित १८ जना नेताले पार्टी शनिबार राप्रपा छोडेका हुन् । जयन्त पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दका छोरा हुन् ।

प्रकाशित मिति : १२ फाल्गुन २०७५, आईतवार १६:४७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।