Logo

प्रमुख समाचार

नेविसंघ कार्यकर्तामाथि लाठी प्रहार : देउवाले कि ओलीले ?



नेपाली कांग्रेसले समयमै आफ्नो भातृसंगठन नेपाल बिद्यार्थी संघको महाधिबेशन गराउन नसक्दा शिर्ष नेताको टाउको दुखाई बनेको छ । कार्यसमितिको म्याद दुई पटक थपिदा समेत महाधिबेशनको टुंगो नलाग्दा नेविसंघका नेताहरुबीच कुटाकुट नै हुन थालेको छ ।

आइतबार केन्द्रीय समिति बैठक बस्नुअघि नेबिसंघका नेता पार्टी कार्यालय पुगीसकेका थिए । पार्टीका शिर्ष नेता पार्टी कार्यालय प्रबेश गर्न लाग्दा उनीहरुले रोकेपछि गुट उपगुटमा बिभाजित नेविसंघका नेताहरुबीच झडप नै भयो ।झडपपछि बिद्यार्थी नेताहरुले उक्त घटना दुखद भएको टिप्पणी गरेका थिए ।

झडपको मुख्य कारण हो नेविसंघको विधानमा उल्लेख भएको ३२ वर्षे उमेर हद तदर्थ समितिमा राख्ने किन नराख्ने भन्ने बिषय । यहि बिवादको निर्णय गर्न नसक्दा कांग्रेस आफै अप्ठेरोमा परेको छ । अध्यक्षको दौडमा रहेका धेरै नेता ३२ वर्ष माथिका छन । पार्टीले पारित गरेको विधान नै कार्यान्वयन गर्न धुकचुक गरेर कांग्रेस नेतृत्वले नेविसंघलाई झडपको स्थितिमा पु¥याएको छ ।

सभापति देउवा पक्षले नै ३२ वर्षे उमेरहदसहितको नेविसंघ विधान बहुमतले पारित गरेको हो । तर, अहिले आफू निकट केही युवा नेतालाई खुशी पार्न देउवा नै विधान कार्यान्वयनको पक्षमा छैनन् । ११ औं महाधिवेशनबाट निर्वाचित अध्यक्ष नैनसिंह महरले माघ २८ गते पदबाट राजीनामा दिएपछि नेविसंघमा नयाँ नेतृत्वको खोजी भइरहेको छ । विधान अनुसार हरेक दुई वर्षमा महाधिवेशन हुनुपर्छ । कार्यकाल सकिएर एक वर्ष गुज्रिदा पनि १२ औं महाधिवेशन हुन नसकेपछि महरले नैतिकताका आधारमा राजीनामा दिए ।

महरको राजीनामापछि कांग्रेस नेतृत्व तदर्थ समिति गठनको तयारीमा छ । समयमै निर्णय गर्न नसक्दा नेविसघकै छलफलमा महिनौ बिताएको कांग्रेसमा थप समस्या पैदा भएको छ । पार्टीमा देखिएका गुट–उपगुटले थलिएको कांग्रेसमा बिद्यार्थीको पनि गुट–उपगुटका कारण पार्टी कार्यालयमै झडप भएपछि शिर्ष नेताहरुलाई अर्को टाउको दुखाईको बिषय बनेको छ ।

पछिल्लो केही दिनयता नेविसंघमाथि प्रहरी दमन भइरहेको छ । यो दमन सरकारको गलत नियतले भएको भने पक्कै होइन । कांग्रेसकै नेतृत्वको आग्रहमा सरकारले प्रहरी खटाएर दमन गरिएको धेरैको ठोकुवा छ ।

प्रकाशित मिति : फाल्गुन १३, २०७५ सोमबार  २ : ३८ बजे