Logo
भिडियो

प्रिय तिमीलाई भन्दै आए रोहित मास्के


धरान आफैमा सांगीतिक उर्बरभूमिको रुपमा पहिलेदेखिनै प्रख्यात छ I धरानमा पहिलेदेखि नै प्रोफेशनल रुपमा होस या शोखको रुपमा होश धेरैजसो युवाहरु संगीतमा लागेका नै हुन्छन र त्यसमा कोही सफल पनि भएका छन् र कोही असफल त कोही आफनै घरायशी कामकाजमा फसेर चाहेरपनि निरन्तरता दिन सकिरहेका हुदैनन् I

यस्तै धरानका एक पुराना गायक हुन् रोहित मास्के I उनले करिब अढाई दशकपछि आफ्नो नयाँ गीत “प्रिय तिमीलाई ” म्युजिक भिडियो सहित भर्खरै मात्र रिलिज गरेका छन् I २०४९ सालताका ” निश्चल “नामक सांगीतिक एल्बम बजारमा ल्याएका गायक रोहित मास्केको टेक्सी टेक्सी मेरी मायालु बोलका गीतहरु त्यसबेला केही गीतहरु रुचाइएका थिए र उक्त एल्बममा उनले त्यसबेला नाम चलेका चर्चित गायिकाहरु सुक्मित गुरुङ, सपनाश्री परियार र भगवती तुम्बाहाम्फेसंगै युगल गीतहरु समेत
गाएका थिए I

धरानको देउसी भैलो देखि विभिन्न सांगीतिक कार्यक्रममा आफुलाई अब्बल रुपमा अगाडी बढाएपनि एल्बम निकालेको केही समयपछि नै उनले हंगकंगलाई आफ्नो कर्मथलो बनाएका थिए जसले गर्दा त्यसपछि भने उनि उतै भुलिए I उता हुँदापनि यदाकदा फुर्सदको केही समय संगीतमा रमाउने मौका पाएका रोहितले केही गीतहरु रेकर्ड गराए भने उतै निर्मित “चुकेको चुरा “नामक चलचित्रमा संगीत तथा स्वर समेत दिएका छन् I

हंगकंगमा हुने सांगीतिक कार्यक्रममा पनि उनि छुट्दैन थिए I केहि बर्ष अघि मात्र उनि आफ्नै जन्म थलो धरान नै बस्ने गरि फर्किएका छन् I धरानआएपछि भने उनले आफ्नो काम संगसंगै आफ्नो सांगीतिक शोख पनि पुरा गरिरहेका छन् I

धरानमा हुने यदाकदा बिभिन्न सांगीतिक कन्सर्टहरुमा झुल्किरहने गायक रोहित मास्केले कोरोना महामारीले ल्याएको लकडाउनको सदुपयोग गर्दै धरानका अन्य संगीतकर्मीहरु संजिव लामा , हेम सुब्बा र मनोज मोतेको सहयोगमा “;हामी बाँचौ “;बोलको संदेश मुलक गीत निकाले I

उक्त गीतको राम्रो प्रतिक्रियाले हौसिएका गायक रोहितले पहिलो लकडाउनमा संगीत दिवस , मलाई धेरै धेरै माया लगायतका
गीतहरु पनि निकाले I अहिले भने उनले सन्जिब लामाको शब्द , संगीत र निर्देशनमा प्रिय तिमीलाई यो जुनी भरि बोलको गीत भिडियो सहित आफ्नै युट्युब च्यानल मार्फत रिलिज गरेका छन् I

प्रशान्त तामाङले छायांकन तथा सम्पादन गरेको गीतको भिडियोमा लाजु श्रेष्ठको अभिनय रहेको छ I धरानको धरान संगीत प्रतिष्ठानमा समेत कोषाध्यक्षको रुपमा आबद्ध रहेका गायक अब भने पहिले देखि साँचेका र केहि नयाँ गीतहरु तुरुन्तै रेकर्ड गर्नका लागि लागिपरेका छन् I आफ्नो समयमा नगरेपनि निरन्तरताको लागि भएपनि धरानको संगीत क्षेत्रलाई टेवा पुग्ने काम गरिरहने सोच छ गायक रोहित मास्केको I

प्रिय तिमीलाई” बोलको भिडियो हेर्नुहोस: